काठमाडौं । विभिन्न लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत विभिन्न कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेका हुन् । जसमा नेप्सेमा सूचीकृत विभिन्न ११ वटा लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांशको घोषणा गरेका छन्