१८ भदौ २०८३, बिहिबार

बैंक

नबिल बैंकद्वारा “नबिल दिगो बैंकिङ्ग” को उद्घोष्

काठमाडौं । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।