काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त बैंकको संख्या घटाउने रणनिती लिएपछि अहिले लघुवित्त कम्पनीहरु धमाधम मर्जरको बाटो रोजिरहेका छन । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा मर्जर तथा एक्विजिसनको चटारो देखिएको छ । केन्द्रीय बैंकले लघुवित्त कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जान केही बाध्यता त केही प्रोत्साहन गरेसँगै सहकार्य गर्ने लहर चालेको हो ।