काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहीबार (बैशाख १६ गते) देखि लकडाउन जारी भएपनि बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर सेवा दिने भएका छन् । राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा काठमाडौं, ललितपुर, भक्तपुर सहित निषेधाज्ञा जारी हुने जिल्लाका शाखा कार्यालयहरु दैनिक ४ घण्टा बैंकिङ्ग सेवा दिने सहमति जुटेको हो ।