काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना सेयर धनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१∕०८२ को मुनाफाबाट सेयर धनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ