काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकमा बहुप्रतिक्षित नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय मुख्य एजेन्डा बन्ने भएको छ । राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिको प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ । तर, आज बस्ने मन्त्रिपरिषद बैठकले भने टुंगो लगाउनेछ