बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी वैशाख १० गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । हाल घिमिरे सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।