काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कडाइ गर्दै एकीकृत निर्देशन, २०७९ संशोधन गरेको छ । मंगलबार जारी गरेको सर्कुलरमा राष्ट्र बैंकले अब लघुवित्तहरुलाई सेयर, डिबेञ्चर र सामूहिक लगानी कोष (म्युचुअल)मा लगानी गर्न अनुमति दिने व्यवस्था गरेको छ । तर उनीहरुले त्यस्तो लगानीलाई प्राथमिक पुँजीकोषमा गणना