काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आइतबार प्रकाशित गरेको मौद्रिक नीतिमा ‘नेपालको निजी क्षेत्र अधिक ऋण भारमा परेको’ उल्लेख गरेको छ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको आकार दक्षिण एशियामा नै उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । अर्थतन्त्रमा अधिक ऋणको भार बढेका चर्चा केही