काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ । कम्पनीको चैत ३० गते सम्पन्न चौथो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को लेखा परीक्षण कार्यको लागि सिए श्री अश्विनी बंशल (ए.बंसल एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स) लाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।