काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रिक्त नेतृत्व चयन गर्दै अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्ष पदमा प्युठानका डिल्लिराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै समितिको सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय समेत गरेको छ।