२७ भदौ २०८३, शनिबार

बैंक

बैंकिङ्ग क्षेत्रको निक्षेपमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बले बढ्यो

काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रको निक्षेपमा नयाँ रेकर्ड कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ५४ खर्ब ३६ अर्ब पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन एकैदिन ६ अर्ब रुपैयाँले वृद्धि भएको हो ।