काठमाण्डौं । बैंकको चर्को ब्याजले व्यवसायीहरुलाई उठ्नै नसक्नेगरी थिचेको भन्दै राजधानीमै आजदेखि उद्योगी व्यवसायीहरुले आन्दोलन थालेका छन् । बैंकको चर्को ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् । माइतीघर मण्डलामा सडकमै उत्रिएर देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गरेका छन्