काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । मेगा बैंकलाई मर्जर गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले ठूलो प्रयास गरिरहेको छ । हिमालयन बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि यतिबेला इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरका लागि छलफल गरिरहेको छ । बैंकहरु यति बेला मर्जरको लागी दौडधुप गरिरहेको छन् ।