काठमाडौं । लक्ष्मी बैंकले यस वर्ष आफना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको हो । गत आर्थिक वर्ष २०७७।०७८ मा भने बैकले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद दिएको थियो ।