काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको शुरुवातमा सेयर बजार बढाउने नीति अघि सारेका छन् । आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत गभर्नर पौडेलले यस्तो व्यवस्था गरेका हुन् । तेस्रो त्रैमासिक समिक्षामा विद्ययमान सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाइ १०० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ