१० श्रावण २०८३, आइतबार

Banner First

अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता, लगानी सुधार र आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप प्रवन्ध निर्देशक बो लीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि.सि.मा रहेका खनालले भेटवार्ता गरेका हुन् ।