काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका उद्योग र व्यवसायलाई पुन: सञ्चालनमा ल्याउन विशेष राहतको व्यवस्था भएको छ । त्यस्ता उद्योग तथा व्यवसाय पुन: निर्माण तथा संचालनमा ल्याउन सरकारले आयात हुने सामग्रीमा ५० प्रतिशतसम्म भन्सार छुट दिने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।