काठमाडौँ । भदौ २३ र २४ को जेनजीले गरेको आन्दोलनका कारण देशभरका अधिकांश प्रहरी चौकीहरु ध्वस्त भए । आन्दोलनकारीको निसानामा परेको चौकी जलेर खरानी भए । प्रहरी जवानहरूले खरानी पन्छाएर नागरिकलाई सेवा दिन सुरु गरेका छन् । शनिवार दरबारमार्ग प्रकरी चौकी पुग्दा प्रहरी जवानहरू जलेका गाडिदेखी अन्य सामानहरू पन्छाउँदै थिए ।