काठमाडौँ । संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नयाँ बजेट प्रस्तुत गरेको भोलिपल्ट अर्थ मन्त्रालयका पत्रकार सम्मेलन आयोजना गर्ने र आफ्ना दलिल प्रस्तुत गर्ने पुरानो अभ्यासलाई यस पल्ट पनि निरन्तरता दिइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेर बजेटबारे आफ्नो दृष्टिकोण साझा गर्ने