काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मुलुकको शोधनान्तर डेढ खर्ब बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ ।