२० श्रावण २०८३, बुधबार

Banner First

कोभीडपछिको एक वर्षको अनुपातमा १४ गुणा बढे पर्यटक, तर अझै एक चौथाई क्षमताको पनि भएन उपयोग

काठमाडौं । २०७६ चैतमा लकडाउन सुरुभएपछिको एक वर्षमा केवल ४२ हजार ४ सय १४ जना पर्यटक नेपाल आएका थिए । व्यवसाय र कतिपय जरुरी काम पर्नेहरुमात्रै कोभीडको बेलामा नेपाल आए । नेपाल घुम्ने निकै राम्रो मौसम अर्थात् वसन्त ऋतुमा पनि त्यसताका महिनाभरीमा भित्रिएको पर्यटकको संख्या १४ जनामा सीमित भयो ।