कोरोना सङ्क्रमणले आम मानिसको जीवनशैली र आय आर्जन मात्र होेइन देशको अर्थतन्त्रमा समेत नराम्रो धक्का लागेको छ । वार्षिक वृद्धिदर, उत्पादन तथा रोजगारी जस्ता अर्थतन्त्रका प्रायः सबै आयाम खलबलिएका छन् । सीमित साधन स्रोतबीच अर्थतन्त्रको पुनरुत्थानमा सरकार जुट्नुपर्ने चुनौतीसँगै सरकारसँग नागरिक र निजी उद्यमी व्यवसायीका अपेक्षा पनि बढेका छन् ।