काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुस्कर जिसी नियुक्त भएका छन् । बैंकको मंसिर ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले जिसीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । उनी हाल बैंकको कामु नायब प्रबन्धकको रुपमा कार्यरत छन् ।