१५ कार्तिक २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

आइएमई पेमार्फत भुक्तानी गर्दा अरोगीन हेल्थकेयरमा ४५ प्रतिशत छुट

काठमाडौं । आइएमई पे’ र अरोगीन हेल्थकेयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएकोछ । सम्झौता अनुसार, अब अरोगीन हेल्थकेयरमा आइएमई पे मार्फत भुक्तानी गर्दा ४५ प्रतिशत सम्म छुटप्राप्त सकिनेछ । सम्झौता पत्रमा अरोगीन हेल्थकेयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन् ।