काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै ३ अर्ब बढीको व्यापार गरेका छन् । संचालनमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ३ अर्ब ९ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो