३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

गोल्याण फाउण्डेसनद्वारा भोटेकोशी बाढी प्रभावितलाई सघाउने ८६ स्वयंसेवक सम्मानित

काठमाडौं । गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने स्वयंसेवकहरूलाई सम्मान गरेको छ । फाउण्डेसनद्वारा नुवाकोटमा संचालित होल्डिङ सेन्टरमा सहयोग गरेका ८६ स्वयंसेवकलाई उनीहरूको योगदानको कदरस्वरुप सम्मान गरिएको हो । गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक सस्था गोल्याण फाउण्डेशनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय