काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको कम्पनिको खुद नाफा ५५ प्रतिशतले उकालो लागेको छ । कम्पनिले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनिले ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।