काठमाडौँ । काठमाडौंको नक्सालस्थित पाँचतारे होटल ‘मेरियट ‘ सञ्चालन गरिरहेको एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेडको व्यापार पछिल्लो ३ वर्षयता निरन्तर घट्दो क्रममा देखिएको छ। आर्थिक वर्ष सन् २०२५ मा कम्पनीको व्यापार कुल १ अर्ब ६२ करोड १० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको गिरावट हो ।