काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा माग भन्दा झन्डै दोब्बरको आवेदन परेको छ । आइतबारसम्ममा १७ सय २८ आवेदकबाट ५ लाख ९३ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यो माग भन्दा १.९३ गुणा बढी हो