१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

बाटो थुनियो राहत पुगेन, विद्युत बन्द भयो, फोनमा समेत रुन पाएनन्

बागलुङ । भुजीखोलामा आएको बाढीले खण्डहर बनेको ढोरपाटन नगरपालिका–९ बोवाङ सडक र सञ्चार सञ्जालबाट पनि बञ्चित बनेको छ । बाढीले परिवारका सदस्य, घरबास, अन्नपात सर्वस्व गुमाएका बोवाङवासीले सञ्चार सेवा अवरुद्ध हुँदा टाढा रहेका आफन्तसँग फोनमै भए पनि रुन पाएका छैनन् । न बाहिरको खबर न आफ्नो खबर साटासाट गर्न पाए