३१ आश्विन २०८३, शनिबार

रोजगार

देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीमा जाने श्रमिक प्रभावित

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज भदौ १ गतेदेखि देशभरका सबै म्यानपावर कम्पनीहरूको सेवा बन्द गरेका छन् । संघले सरकारबाट आफ्ना माग सम्बोधनका लागि ठोस पहल नभएको भन्दै देशभरका म्यानपावर कम्पनी बन्द गरेको हो। संघको निर्णयअनुसार सोमबारदेखि वैदेशिक रोजगार व्यवसायीका कार्यालयबाट हुने नियमित सेवा पूर्ण रूपमा रोकिएका छन्।