काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालनमा आउने बताएका छन् । त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उनले दसैँअघि नै नाका सञ्चालनमा ल्याउन ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको जानकारी दिएका हुन् । गत असार २४