२० भदौ २०८३, शनिबार

पूर्वाधार

५ अर्ब लगानीमा कीर्तिपुरदेखि चम्पादेवीसम्म केबलकार : २ वर्षभित्र बन्ने, दैनिक ५ हजार यात्रुको क्षमता

काठमाडौं । काठमाडौं उपत्यकाभित्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिने चम्पादेवी क्षेत्रसम्म पहुँच सहज बनाउन केबलकार निर्माणको तयारी सुरु भएको छ । कीर्तिपुर नगरपालिकाको–४ बाट सुरु भई दक्षिणकाली नगरपालिका–१ मा सम्पन्न हुने छ । करिब २.०७५ किलोमिटर लम्बाइको केबलकार सञ्चालन गर्ने योजना चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिले अघि सारेको