२० भदौ २०८३, शनिबार

पूर्वाधार

अविरल वर्षाले देशभर ८ राजमार्ग पूर्ण अवरुद्ध, दर्जनौं सडकमा आवागमन प्रभावित

काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण प्रमुख राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार देशका आठ स्थानमा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् । ती बाहेकका अन्य धेरै सडक खण्डमा आवागमन प्रभावित भएको छ । अहिले कोशी राजमार्ग (भोटखोला, सङ्खुवासभा), नेपाल–चीन जोड्ने पुल (गोसाइँकुण्ड, रसुवा), पासाङ ल्हामु