काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय गौरवको कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पक्षमा फैसला गरेको छ । तीन वर्षअघि परेको रिट खारेज गर्ने सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्चले वातावरणीय प्रभाव मूल्यांकन गर्दा तटीय क्षेत्र, जीवजन्तु, जलचर र जमिनमा पार्ने असरका