२० भदौ २०८३, शनिबार

पूर्वाधार

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन : उदीपुर-मार्कीचोक-भरतपुर खण्ड निर्माणले लियो गति

काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । मस्र्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा निर्माण भएका एवम् निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन