७ कार्तिक २०८३, शनिबार

पूर्वाधार

ठेक्का लागेको पाँच वर्ष बित्यो, भएन कालोपत्रे

काठमाडौं । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्रेको ठेक्का लागेको पाँच वर्ष बित्दा पनि पूर्णता पाउन सकेको छैन । उक्त खण्डको ८ किलोमिटर सडक कालोपत्रे गर्न विसं २०७६ जेठ ३१ गते नै ठेक्का सम्झौता भएको थियो । मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको ८ किलोमिटर सडक कालोपत्र गर्न