८ कार्तिक २०८३, आइतबार

पूर्वाधार

बैशाख ३० गते आन्तरिक उडान नहुने, निजी सवारी चलाउदा प्रशासनको पास

काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन बैशाख ३० गते आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको हो । सो दिन अन्तर्राष्ट्रिय उडान भने नियमित हुने जनाएको छ । निर्वाचनको दिन सबै सार्वजनिक यातायात नचल्ने भएका हुन ।