काठमाडौं। नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज नेपाल राष्ट्र बैंकसँग बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बीमा व्यवसायको विस्तारसँगै पुनर्बीमा, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय कारोबार तथा विदेशी मुद्रामा हुने भुक्तानी प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउन सम्बन्धित