काठमाडौं । बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को संयुक्त प्रतिनिधिमण्डल र बीमा समितिबीच मंगलवार भएको वार्ता बिना निष्कर्ष सकिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँगको भेटमा समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघले जनाएको छ