७ श्रावण २०८३, बिहिबार

बीमा

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी सिफारिस

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा बढुवाका लागि सुशीलदेव सुवेदी सिफारिस भएका छन् । कार्यकारी निर्देशक पदपूर्ति समितिले बुधवार सुवेदीलाई सिफारिस गरेको हो । उनी कार्यसम्पदान मूल्याङ्कन, जेष्ठता, शैक्षिक योग्यता र तालिम बापत प्राप्त गरेको अंकको आधारमा सिफारिस भएका हुन् । उनीसहित तीन जना सो पदका लागि प्रतिस्पर्धामा थिए