पुरुषोत्तम लम्साल ‘प्रचण्ड’ को भयभित्र विचित्र संयोग भेटिन्छ । कहिले साम्राज्यवादले, कहिले तिनका मतियारले सिध्याइदिने भय प्रकट गरे । शान्तिकालमा प्रतिक्रियावादीहरूले नै सिध्याइदिने भय रह्यो । कहिले दरबार हत्याकाण्ड र कहिले मदन भण्डारीको उदाहरण दिएर दर्जनौँपटक उनले आफ्नो भय प्रकट गरे । जनताको घेरामा रहँदाभन्दा सुरक्षाकर्मीको घेरामा रहँदा ‘प्रचण्ड’मा ज्यादा