३१ आश्विन २०८३, शनिबार

अर्थ राजनीति

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सीप तालिम दिई रोजगारीमा जोड्ने तयारी

काठमाडौं। विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबास भएका नागरिकलाई रोजगारी र सीप विकासका कार्यक्रममार्फत आत्मनिर्भर बनाउने तयारी सुरु गरिएको छ। यस विषयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच छलफल भएको