३१ आश्विन २०८३, शनिबार

अर्थ राजनीति

उद्योग क्षेत्रले निर्यात विस्तारको नेतृत्व गर्नुपर्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग क्षेत्रले अर्थतन्त्रतर्फको निर्यात विस्तारको नेतृत्व गर्नुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई