काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा रुपन्देहीबाट पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा मुछिएका महारालाई नेपाल नेपाल प्रहरीले पक्राउ गरेका छन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।