काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्राउन सहजीकरण गर्न नेपालकालागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ । मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनु भएको हो । “प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युततथाअन्य सम्भावितव्यवसायमा इन्डोनेशियाको सरकारी तथानिजी क्षेत्रको