काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्