१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

नेपाली भूमिमा दुई छिमेकीको एकतर्फी सक्रियताः लिपुलेक नाकाबाट ६ वर्षपछि पुनः व्यापार सुरु हुँदै

काठमाडौँ । नेपालले आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको लिपुलेक नाका ६ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। लिपुलेक भञ्ज्याङमार्फत् आगामी जुन महिनादेखि भारतले चीनसँगको सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेको हो। सन् २०२० मा कोभिड-१९ महामारी र सीमा क्षेत्रमा उत्पन्न तनावका कारण बन्द गरिएको यो ऐतिहासिक व्यापारिक मार्ग