काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले सांसद अपहरण प्रकरणबारे सत्यतथ्य सदनमा आउने विश्वास व्यक्त गरेका छन् । नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको आरोपमा जाहेरी दर्ता भएकाले सत्यतथ्य सबैले जानकारी पाउने उनले बताए । “सांसदको अपहरणको कुरा